Breaking News

Cricket

EPL लाइ ICC को मान्यता, यस्तो छ फाइदा

एभरेष्ट प्रिमीयर लिग (इपीएल) का आयोजकका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मान्यता दिएको छ । आइसीसीलाई २० हजार डलर तिरे पश्चात् यस प्रतियोगिताले आइसीसीबाट मान्यता पाएको जानकारी आयोजकले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।
आइसीसीबाट मान्यता पाए पछि अब यस प्रतियोगितामा विदेशी खेलाडीको सहभागिताको लागि मार्ग खुलेको छ । यसअघि नै ठूला विदेशी नामहरु यस प्रतियोगितामा सहभागि हुने खबर आइसकेको छ । बाबर हयात (हंगकंग), केभिन ओ ब्रायन (आयरल्याण्ड), सिकन्दर राजा (जिम्बाबे) लगायतका खेलाडि इपीएलमा खेल्ने तय भइसकेको छ ।
प्रतियोगिता यही डिसेम्बर ८ देखि २२ सम्म ९ मङ्सिर २२ – पुष ७ ० काठमाडौँमा सञ्चालन हुनेछ ।

इपीएलमा सहभागि ६ टोलीहरु

विराटनगर वारियर्स
भैरहवा ग्लाडिएटर्स
काठमाडौँ किंग्स ११
पोखरा राइनोज
चितवन टाइगर्स
ललितपुर प्याट्रीएट्स
EPL लाइ ICC को मान्यता, यस्तो छ फाइदा Reviewed by Ajay singh on 6:09 PM Rating: 5

No comments:

All Rights Reserved by Nepali Cricket © 1996 - 2017
Powered By Nepali Cricket, Shared by Nepal Cricket

Fill the boxes

Name

Email *

Message *

Powered by Blogger.