नेपालको सिधै विश्वकप छनोट खेल्ने सम्भावना सकियो | डिभिजन-२ मा घटुवा
नेपाली क्रिकेट:
नेपाल क्रिकेटको डिभिजन टु अर्थात दोश्रो श्रेणीमा घटुवा भएको छ । वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग दोस्रो खेलमा मौसम बाधक रहेपछि नेपाल शिर्ष ४ बन्दै विश्वकप छनोट खेल खेल्न नपाउने भएको छ।आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङ्गको दोश्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको हो । यो घटुवा पछी पनि नेपालको विश्वकप खेल्ने सम्भावना भने कायमै छ ।
वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप मा शिर्ष ४ पर्ने टिमहरु सिधै छनोट चरणमा जानेछन् भने बाँकी ४ टिम र डिभिजन-३ का शिर्ष २ टिम सहित ६ टिमले डिभिजन २ मा भिड्नेछन्। सो प्रतियोगितामा शिर्ष २ हुने टिम पनि विश्वकप छनोट खेल खेल्न पाउने छन् । त्यसकारण, नेपालको विश्वकप यात्रा केही लम्बिएको छ।डिभिजन-२ मा राम्रो प्रदर्शन गर्न सके नेपाल छनोट खेल्न पाउनेछ। अब नेपालले डिभिजन २ को शीर्ष दुई देशमा पर्न सके विश्वकपका लागि छनोट हुनेछ । डिभिजन टु को खेल सन् २०१८ को फेब्रुअरिमा नामिबियामा हुनेछ ।
उता हङकङ भने पहिले खेल जित र दोस्रो रद्द खेलमा नेपालसँग १ पोइन्ट पाएपछि १४ अँक सहित ४ औँ स्थानमा छ। अब २ खेल बाँकी हुदा, हङकङलाई मात्र एक जित भएमा नि शिर्ष ४ पर्ने सम्भावना छ। १२ अँक सहित केन्याले पछ्याईरहेको छ। नेपाल ९ अँक सहित छैटौँ स्थानमा छ।
नेपाल र हङकङ बिचको खेल सामुद्रिक आँधीका कारण आइतबार हुन नसके पछि सोमबारको रिजर्भ डे मा सारिएको थियो तर सोमबार पनि पानी परेर मैदान हिलो भएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै देशले एक एक अंक बाँडेका छन् । यससँगै नेपालको डिभिजन वानको शीर्ष ४ मा रहँदै विश्वकपमा छनोट हुने सम्भावना भने सकिएको छ । नेपालले च्याम्पियनसिपमा अव युएइसँग २ खेल खेल्न बाँकी छ ।

Reviewed by admin
on
8:04 AM
Rating:
Reviewed by admin
on
8:04 AM
Rating:

No comments:
Post a Comment