Breaking News

Cricket

नेपाल र चीनको पहिलोपल्ट भिडन्त


नेपालले आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो पाँचौं खेलमा भोलि चीनसँग सामना गर्दैछ। अहिले सम्म खेलेको खेलमा नेपालले म्यान्मार, मलेसिया, थाइल्याण्ड र भुटानलाई हराउंदै ४ जित दर्ता गरेको छ।
८ अंक र ७.२५ को उत्कृस्ट रन रेट सहित नेपाल अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। नेपाल र सिंगापुर २ खेल खेल्न बाँकी रहदै टि-२० बिश्वकप एसिया छनौट खेल्न छनौट भइसकेको छ। प्रतियोगितामा सबैभन्दा कमजोर सबित बनेको टोलि चीनले सबै खेलमा हारको सामना गरेको छ। अंकबिहिन चिन अंकतालिकामा सबैभन्दा पुछारमा रहेको छ। 

अहिले सम्म चीनको हार यसप्रकार छ:  थाइल्याण्ड १० विकेट, भुटान ९ विकेट, सिंगापुर १० विकेट र म्यान्मार ८ विकेट।
चीन र नेपाल बिच यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा भेट भएको छैन। नेपालसंगको खेलमा चिनको उद्देश्य जित भन्दा सम्मानजनक खेल प्रदर्शन गर्नुहुनेछ।
खेल हुने मिति :- अक्टोबर १०(२४ गते) 
समय :- बिहान ७:४५ बजे
मैदान – बायुमास ओभल मैदान, मलेसिया
नेपाल र चीनको पहिलोपल्ट भिडन्त Reviewed by admin on 9:24 AM Rating: 5

No comments:

All Rights Reserved by Nepali Cricket © 1996 - 2017
Powered By Nepali Cricket, Shared by Nepal Cricket

Fill the boxes

Name

Email *

Message *

Powered by Blogger.